२८ भदौ २०८३, आइतबार | September 13, 2026

तिलोत्तमा नगरपालिकामा एक दिने उद्यम ज्ञान तथा रोजगार सुचना मेला सम्पन्न



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको एक दिने उद्यम ज्ञान तथा रोजगार सुचना मेला सम्पन्न छ । मेलामा रोजगारीका लागि एक हजार ६ सय जनाले आवेदन दिएका छन् ।

यस्तै आवेदन दिएका मध्ये रोजगारदाता संघसंस्थाले १५ जना युवालाई रोजगारीको प्रतिवद्धता दिएको वडानम्बर ६ का वडाध्यक्ष तथा मेला संयोजक गणेश पाठकले जानकारी दिए ।

उनका अनुसार मेलाको तीन हजारले अवलोकन गरेका छन् । युवालाई रोजगार सृजना गर्ने र रोजगार गर्न चाहनेकालागि अवसर प्रदान गर्ने उद्देश्यले तिलोत्तमाको मंगलापुरमा आईतबार मेला आयोजना गरिएको हो ।

मेलामा युवालाई रोजगारि सृजना गर्नका लागि उनीहरुको सिवी निर्माण गर्ने, आईटी सम्वन्धि जानकारी दिने, विज्ञसंगको सम्वाद, उद्योगी तथा कृषकका सफलताका कथा लगायतका विषयमा चरण चरणमा छलफल गरिएको थियो ।

कृषि, सुचना प्रविधी, वित्तीय, व्यवसायिक, घरेलु उद्योगसँग सम्वन्धित झण्डै पाँच दर्जन स्टलहरु राखिएको थियो । स्टलहरुमा स्थानीय कृषक तथा उद्यमीले उत्पादन गरेका बस्तु तथा सामग्री, विद्यार्थीले निर्माण गरेका आविष्कारहरु, कृषिमा आधारीत उपकरण तथा औजार लगायतको प्रदर्शन गरिएको वडाध्यक्ष पाठकले जानकारी दिए ।

उनका अनुसार मेलामा सामि परियोजना, मेडपा परियोजना र दायित्व परियोजनासँग मिलेर उद्यम गरेका उद्यमीहरुका स्टलहरु राखिएको थियो । उद्यम ज्ञान तथा रोजगार सुचना मेलाबाट किसान तथा साना उद्यमीहरुले उत्पादन गरेका बस्तुको बजारीकरण तथा नयाँ रोजगारदाताहरुका लागि रोजगारीका अवसर बुझ्ने अवसर प्रदान गरेको पाठकले बताए ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले सबैलाई रोजगार र अवसर सृजना गर्नका लागि नगरभित्र उद्यम ज्ञान तथा रोजगार सुचना मेला आयोजना गरिनु आफैमा सुखद् विषय भएको बताए । उनले नयाँका लागि रोजगारिको बाटो खुल्ने र गरेकाहरुलाई बजारीकरणको अवसर मिलेको बताए ।

कार्यक्रममा नगरउपप्रमुख जागेश्वरी देवी चौधरी, चेम्वर अफ कमर्स लुम्विनी प्रदेश महासचिव जेपी कंडेल, तिलोत्तमा बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, तिलोत्तमा उद्योग ब्णपार संगठनका अध्यक्ष प्रेम जिएम लगायतले आआफ्ना भनाई राखेका थिए । कार्यक्रममा रोजगार चाहने युवाका लागि क्युआर कोर्ड मार्फत रोजगारीको अवसर र रोजगारी बारे जान्ने मौका दिइएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ८ : ५१ बजे

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध