३ पुस २०८२, बिहिबार | December 18, 2025

नुवाकोटबाट बुटवल झर्दै गरेको कार दुर्घटना, ३ जनाको मृत्यु



बुटवल । तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । नुवाकोटबाट बुटवल झर्ने क्रममा भ्यू पोईन्ट नजिकै सडकबाट झण्डै १ सय मिटर कार खस्दा ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँझ ९ बजेको समयमा नुवाकोट घुम्न गएकाहरु सवार लु २ च ८५३१ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनाबाट मृत्यु हुनेहरुमा बुटवल १० का ५६ वर्षिय रामप्रसाद शर्मा (छबिलाल), तिलोत्तमा ३ की ६७ वर्षिया आशा श्रेष्ठ र सोही स्थानकी ५० वर्षिया भगवती श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा परि ज्यान गुमाएका शर्मा निजी क्षेत्रका कुशल बजार व्यवस्थापक हुन् । लामो समय चाउचाउको व्यवस्थापनमा सक्रिय शर्मा पछिल्लो केही समय यता मसला उद्योगको बजार व्यवस्थापनमा सक्रिय थिए ।

विभिन्न सामाजिक र व्यवसायिक संस्थाहरुमा सक्रिय शर्मा उद्योगबाट उत्पादीत उत्पादनको बजारीकरणमा अब्बल व्यवस्थापक मानिन्छन् ।

रमपम चाउचाउ हुदै लाली चाउचाउको बजारीकरण र व्यवस्थापनमा उनले आफुलाई राष्ट्रिय स्तरमै पहिचान दिन सफल भएको उनलाई नजिकबाट चिन्नेहरु बताउछन् । शर्मा पछिल्लो समय यसोदा फुड्समा कर्पोरेट म्यानेजरको रुपमा कायरत थिए ।

दुर्घटनामा परि २ जना घाइते भएका छन् । घाइते हुनेमा बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल ११ होराइजन चोककी लक्ष्मीता श्रेष्ठ रहेका छन् । उनिहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १० : ४२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका