१३ श्रावण २०८३, बुधबार | July 29, 2026

सवारी साधन खरिद गर्न तिलोत्तमाका विद्यालयलाई अनुदान



रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरभित्रका सामुदायिक विद्यालयहरुलाई पालिकाले सवारी साधन संचालनको लागि अनुदानको व्यवस्था गरेको छ । नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई सवारी साधन खरिद गर्न पचास प्रतिशत अनुदान रकम उपलब्ध गराएको हो ।

समुदायमा शिक्षाको पहुँच बढाउन यस्तो अनुदानको कार्यक्रम लागु गरिएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिए । वि।सं। २०७४ सालदेखि यस्तो अनुदानको कार्यक्रम सुरु गरिएको हो । हालसम्म मावि तहका १५ वटा विद्यालयलाई १० लाखका दरले पालिकाले रकम उपलब्ध गराएको छ । यो पचास प्रतिशत रकम हो ।

पालिकाभित्र आधारभूत तथा मावि तहका ४२ वटा सामुदायिक विद्यालय रहेका छन् । बाँकी रहेका विद्यालयलाई क्रमशः रकम वितरण गरिने पालिकाले जनाएको छ । नगरपालिकाका शिक्षा तथा खेलकुुद शाखा प्रमुख गंगाराम आचार्यले मावि तहका विद्यालयलाई रकम वितरण गरेपछि आधारभूत तहका विद्यालयलाई क्रमशः वितरण गरिने उल्लेख गरे । नगरभित्र दुईवटा गुरुकुल आवासीय विद्यालय पनि रहेका छन् ।

नगरपालिकाले सवारी साधन खरिद गर्न अनुदान रकम उपलब्ध गराएका विद्यालयलाई हरेक वर्ष १ लाखका दरले तेल खरिद गर्न समेत रकम उपलब्ध गराउने गरेको आचार्यले बताए । तेल खरिद गर्न यो रकम पर्याप्त भने नभएको विद्यालयहरुले जनाएका छन् । गौतमबुद्ध मावि तिलोत्तमाका प्राचार्य मृगेन्द्रप्रसाद रिजालले नगरपालिकाले उपलब्ध गराएको १ लाख रकम पर्याप्त नभएपनि केही महिनालाई सहयोग पुग्ने बताए । यो अनुदानको कार्यक्रमले नगरको शैक्षिक विकासमा मद्दत पुर्याएको उनले उल्लेख गरे ।

तिलोत्तमाका आधारभूत तहका विद्यालयहरुले भने ईरिक्सा संचालन गरिरहेका छन् । कतिपयले भाडामा ईरिक्सा संचालन गरेका छन् । विश्वशान्ति सामुदायिक आधारभूत विद्यालयका प्राचार्य डोलराज पाण्डेले आधारभूत तहका विद्यालयलाई पनि सवारी साधान संचालनको लागि अनुदान रकम उपलब्ध गराउनुपर्ने माग गरे । मावि तहका विद्यालयलाई दिइने तेल खर्च आधारभूत विद्यालयलाई पनि उपलब्ध गराउनुपर्ने उनको भनाई छ । आधारभूत तहका विद्यालयलाई खर्च ब्यवस्थापन गर्न कठिन रहेको पनि उनले उल्लेख गरे ।

आगामी आर्थिक वर्षमा तिलोत्तमाका मधवलिया मावि र बरवलिया माविलाई सवारी साधन खरिद गर्न रकम उपलब्ध गराउने योजना रहेको नगरपालिकाले जनाएको छ । नगर कार्यपालिकाको बैठकले हरेक वर्ष विद्यालयमा विद्यार्थीको चाप र आवश्यकता हेरेर उक्त रकम उपलब्ध गराउँदै आएको छ । हालसम्म सवारी साधन खरिद गर्न र तेल खर्च बापत तीन करोड रकम वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ३ : ४१ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ