१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बागमती नदी किनारमा युवकको शव फेला



रौतहट । रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका-५ पताहिटोल गढैयास्थित बागमती नदी किनारमा पानीले बगाएर ल्याएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय तराई मुलका युवकको शव नदी किनारमा घोप्टो परेको अवस्थामा शनिबार साँझ फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर प्रसाद गुप्ताको नेतृत्वको टोलीले शवको मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको रौतहट प्रहरी प्रवक्ता डीएस्पी एलिजा गिरीले बताइन् ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको हुँदा मृतकलाई चिन्न सक्ने व्यक्तिलाई प्रहरी सम्पर्कमा आउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ८ : ५५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले