४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देहीमा थपिए एकै दिन २२ जना संक्रमित, प्रदेश राजधानी बुटवलमा ३ जनामा संक्रमण



बुटवल । केहि दिन केहि सुस्त देखिएको प्रदेश ५ को राजधानी रुपन्देहीमा सोमबार २२ जना कोरोना संक्रमित थपिएका छन्। रुपन्देहीका बुटवल उपमहानगरपालिकामा समेत गरि सिद्धार्थनगर, तिलोत्तमा, देवदह नगरपालिका तथा मायादेवी गाउँपालिकाका गरी २२ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय रुपन्देहीका कारोना फोकल पर्शन केदार शाहले सिद्धार्थनगर नगरपालिकाका ७ जना, तिलोत्तमा नगरपालिकाका ५ जना, बुटवल उपमहानगरपालिकाका ३ जना र मायादेवी गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको बताए । शाहका अनुसार ३ जनाको ठेगाना खुलेको छैन ।

सोमबार पुष्टि भएका संक्रमितमा सिद्धार्थ सिमेन्ट उद्योगमा कार्यरत ७ जना, बुटवल उपमहानगरको देवीनगर, प्रगतिनगर तथा ज्योतिपथका १,१ जना गरि ३ जना र तिलोत्तमाका मंगलापुर र जानकीनगरका २ जना हुन्। २२ जना मध्य ३ जना क्वारेन्टिन बसिरहेका व्यक्ति भएको शाहले बताए।

आज पुष्टि भएका सबैको बुटवलमा निजी क्षेत्रबाट सञ्चालन भएको नेशनल प्याथल्याबमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि हो। उनीहरु ल्याबमा आफै शुल्क तिरेर परीक्षण गराउन गएका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १० : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको