७ चैत्र २०८२, शनिबार | March 21, 2026

जनता माविका पूर्व प्रधानाध्यापक र पूर्व शिक्षिकाको नाममा सन्ततीले गरे अक्षयकोष स्थापना



खजुरा । बाँके जिल्लाका कुनै बेलाका चर्चाको शिखरमा रहेका जनता माबि सन्तकुटी खजुराका पूर्व प्रधानाध्यापक विष्णुमान श्रेष्ठ र उनकी श्रीमती एवं पूर्व शिक्षिका उमा श्रेष्ठको नाममा उनका तीन सन्ततीले अक्षयकोष स्थापना गरेका छन् ।

सफल प्रधानाध्यापककारुपमा ख्याती कमाएका श्रेष्ठ दप्पत्तिको नाममा उनीहरुका सन्तती छोरी ऋचा लक्ष्मी श्रेष्ठ, पुजा श्रेष्ठ र छोरा रुपेन्द्रमान श्रेष्ठले विद्यालयको ५० औ बर्षको स्वर्ण जयन्ती दिवसको उपलक्ष्यमा अक्षयकोष स्थापना गरेका हुन् । विष्णुमान दम्पत्तिका ३ सन्तानले आज विद्यालयमा पुगेर अक्षयकोषका लागि ३ लाख रुपैयाँको चेक हन्तान्तरण गरेका छन् ।

उनीहरुले स्थापना गरेको उमा बिष्णुू अक्षयकोषबाट गरीब ,जेहन्दार ,खेलाडीलाई सहयोग गर्ने उद्देश्य राखिएको उनहिरुले जनाएका छन् । अक्षयकोषका लागि प्रदान गरिएको रकमको चेक खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुर्ण भण्डारी, पालिकाका शिक्षा प्रमुख खगेन्द्र मल्ल, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष केहरसिंह थापालाई हस्तान्तरण गरिएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रअ महेन्द्र खत्री, पूर्व शिक्षक माधब शर्मा लगायतको उपस्थिती रहेको थियो । प्रधानाध्यापक श्रेष्ठले जनता माबिमा २२ वर्ष अध्यापन गराएका थिए भने शिक्षिका उमाले पनि झण्डै १५ वर्ष बढी सोही बिद्यालयमा पढाएकी थिइन् । तत्कालिन पुनर्वास क्षेत्रमा एक मात्र विद्यालयकारुपमा रहेको जनता माबि त्यस कालखण्डको बाँकेकै चर्चित बिद्यालय रहेको थियो ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १ : २३ बजे

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका