८ पुस २०८२, मंगलबार | December 23, 2025

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने



काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ ।

कोषको गुरुयोजनाका स्वीकृत अवधारणात्मक गुरुयोजनाअनुसार नेपाल सरकारको विसं २०६९ भदौको निर्णयअनुसार गुरुयोजना कार्यान्वयनका क्रममा तिलगङ्गा आवास क्षेत्रका जग्गा तथा पक्की÷कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत स्थायी रुपले अधिग्रहण गर्ने भई मुआब्जा वितरण गरिए पनि खाली नभएकाले खाली गराउन लागिएको विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए ।

उनले भने, “अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई भुक्तानी भइसकेको छ, हालसम्म पनि तिलगङ्गा आवास क्षेत्रका संरचना खाली गरिएको छैन, कोषले खाली गराउन १५ दिनको म्याद दिएको छ, म्यादभित्र ती संरचना नहटाए कानुनबमोजिम कोष आफैँले हटाई खाली गराउने छ ।”

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाअनुसार विसं २०६९ भदौ ६ गते जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । सोही योजनाअनुसार विसं २०७० जेठ ३० गतेदेखि मुआब्जा दिन सुरु गरिएको र विसं २०७१ प्रायः सबैको मुआब्जा वितरण भइसकेको प्रवक्ता अधिकारीले बबताए ।

तिलगङ्गा क्षेत्रका झन्डै एक सय सङ्ख्यामा पक्की तथा कच्ची घरटहरा हटाउन लागिएको कोषले जनाएको छ । यसैगरी, अधिग्रहण भएको तिलगङ्गा आवासीय क्षेत्र खाली गराउन यसअघि विसं २०७७ असार ३ गते पनि कोषले ३५ दिने सूचना जारी गरिएको थियो । त्यसबेला विविध कारणले खाली नगरिए पनि कोषले आज पुनः १५ दिने म्याद दिइएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ३ : ५१ बजे

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई