६ पुस २०८२, आइतबार | December 21, 2025

टी-२० विश्वकप : अफगानिस्तानमाथि भारत ४७ रनले विजयी



काठमाडौं । भारतले अस्फ्गानिस्तानलाई पराजित गरेको छ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई४७ रनले पराजित गरेको हो ।

गएराती समपन्न खेलमा भारतले दिएको १८२ रनको लक्ष्य पछाएको अफगानिस्तान २० ओभरमा अल आउट हुदै १३४ रन मात बनाए पछि भारत ४७ रनले विजयी भएको हो ।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले सर्बाधिक २६ रन बनाए भने नाजिबुल्लाह जर्द्रानले १९ रन बनाएका थिए । त्यस्तै भारतका बलर अर्शदीप सिंह र जसप्रित बुमराहले ३-३ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला बय्टिंग गरेको भारतले २० ओभरमा ८ व्केट गुमाएर १८१ रन बनाएको थियो । भारतका लागिसूर्यकुमार यादवले सर्बाधिक ५३ रन बनाए भने हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४ तथा ऋषव पन्तले २० रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फजलहक फारुकीले ३-३ विकेट लिएका थिए ।

यो जितपछि सुपर आठको समूह एकमा रहेको भारतले २ अंक हासिल गरेको छ । अब भारतले अर्को खेल शनिबार राति बंगलादेशविरुद्ध खेल्दै छ । त्यस्तै अफगानिस्तानले अर्को खेल आइतबार बिहान अस्ट्रेलियासँग खेल्दै छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : ११ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ