६ पुस २०८२, आइतबार | December 21, 2025

कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी शुरुवात



काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको ४८औं कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । अल्भारेजले खेलको ४९औं मिनेटमा र मार्टिनेजले खेलको ८८औ मिनेटमा गोल गरेका थिए ।

कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन समेत रहेको अर्जेन्टिनाले यो जितपछि समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब अर्जेन्टिनाले अर्को खेल जुन २६ मा चिलीविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै क्यानडाले पनि जुन २६ मा पेरुविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ९ : ३२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ