६ पुस २०८२, आइतबार | December 21, 2025

इङल्याण्डमाथि दक्षिण अफ्रिकाको ७ रनको जित



काठमाडौं । दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा दक्षिण अफ्रिकाले इङल्याण्डलाई ७ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १६३ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएपछि दक्षिण अफ्रिका ७ रनले विजयी भएको हो ।

यस अघि पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउदै १६३ रन बनाएको थियो ।

यो जितपछि दक्षिण अफ्रीकाले सुपर आठमा लगातार दुई खेल जितेको छ र सेमिफाइनल नजिक पुगेको छ । यस विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार छैटौं जित हो ।

त्यस्तै इङल्याण्डले भने सुपर आठको दोस्रो खेलमा एक जित र एक हार बेहोरेको छ ।

अब सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रिकाले सोमबार वेस्ट इन्डिजको सामना गर्ने छ भने इङल्याण्डले आइतबार राती अमेरिकासँग खेल्ने छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ७ : ३६ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ