६ पुस २०८२, आइतबार | December 21, 2025

कोपा अमेरिका : भेनेजुएला र मेक्सिकोको विजयी शुरुवात



काठमाडौं । जारी कोपा अमेरिकामा भेनेजुएला र मेक्सिकोले विजयी शुरुवात गरेका छन् । आइतबार बिहान सम्पन्न खेलमा भेनेजुएलाले इक्वेडरमाथि कमब्याक जित हासिल गरेको हो ।

भेनेजुएलाले इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । १-० ले पछि परेको भेनेजुएलाका लागि झोंडर काडिज र एडुआर्ड बेल्लोले एक एक गोल गरेका थिए । त्यसअघि इक्वेडरका लागि जेरेमी सार्मिमेन्टोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

यस खेलमा खेलको २२औं मिनेटमा नै इक्वेडरका इन्नर भलेन्सियाले रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा खेलेको थियो । यो जितपछि समुह बी मा भेनेजुएलाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

त्यस्तै आजै सम्पन्न अर्को खेलमा मेक्सिकोले जमैकालाई १-० गोल अन्तरले पराजित गरेको छ । मेक्सिकोका लागि खेलको ६९औं मिनेटमा गेरार्ड़ो आर्टिगाले खेलको एक मात्र गोल गरेका थिए । यो जितपछि समुह बी मा मेक्सिकोले ३ अंक हासिल गरेको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १० : २३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा