२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

निकुञ्जका सुरक्षाकर्मी गोली लागेर निधन भएकाको परिवारलाई क्षतिपूर्ति दिन महेश बर्तौलाको माग



काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले असार ७ गते पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीले चलाएको गोली लागेर निधन भएका सुकबहादुर तितुङको परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बर्तौलाले सो घटनामा संलग्न निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीमाथि कारबाही गर्न माग गरेका हुन् ।

उनले भनेका छन् , ‘राष्ट्रिय निकुञ्ज क्षेत्रका नागरिकले पाएको दुख र अप्ठ्यारोबारेमा धेरै जना माननीय सदस्यले प्रशन उठाउनु भएको छ । हालै पनि मकवानपुरको हेटौडा उपमहानगरपालिका १४ का सुकबहादुर तितुङको घर आँगनमै जंगल जोडिएको छ । जहाँ मध्यवर्तीक्षेत्र छ । मध्यवर्ती क्षेत्रभित्र जोडिएको त्यो क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जबाट खटिएका सुरक्षाकर्मीहरुले उनीमाथि आक्रमण गरे । गोली हानेर सुकबहादुरको हत्या गरे ।’

उनले सुरक्षाकर्मीले सामान्य मानवीयता पनि नराखीकन छातीमा गोली हानेर हत्या गरेको बताउदै लोकतन्त्र र गणतन्त्रमा नागरिकलाई दिनदहाडै हत्या गर्न नपाइने बताए ।

उनले दोषी देखिएका माथि कानून बमोजिम कारबाही गर्दै मृतकका आफन्तलाई उचित क्षतिपूर्ती दिन माग गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  २ : २६ बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका