१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेको छ : मन्त्री गंगा श्रेष्ठ



हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले विपद् सुरक्षा संस्कृति निर्माणका लागि विद्यालयसँग समन्वय गरेर विपद् सुरक्षा संस्कृति सम्बन्धि कार्यक्रम सुरु गर्न लागेको बताएका छन् ।

आइतबार हेटौंडामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा सुरु भएको स्वयंसेवक तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले हाललाई पालिका स्तरसम्म स्वयंसेवक गठन गरी परिचालन गर्ने उद्देश्यले स्वयंसेवक तालिम कार्यक्रम सुरु गरेको बताए । उनले प्रदेश सरकारले आगामी दिनमा विपद् सम्बन्धि विषयगत स्वयंसेवकहरू वडावडासम्म गठन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनले बागमती प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइसकेको पनि जानकारी दिए ।

मन्त्री श्रेष्ठले सरकारले मनसुनजन्य सम्भावित जोखिमको आँकलन गरी पूर्वतयारीका लागि विभिन्न जिल्लाका २६ वटा पालिकामा बजेट पठाइएको बताए । उनले हेटौंडा, विदुर र धुलिखेलमा विपद् सामाग्रीहरू भण्डारण गरेको जानकारी दिए । त्यस्तै प्रदेश, जिल्ला र पालिकाहरूमा आपतकालीन कार्यसञ्चालन केन्द्रहरूलाई व्यवस्थित र सक्रिय बनाएको उनले जानकारी दिए ।

मन्त्री श्रेष्ठले प्रदेशवासी सबैलाई मनसुनजन्य जोखिमबाट बच्न तयारी अवस्थामा रहनका लागि अपील समेत गरे । उनले प्रदेश सरकारले प्रतिकार्यका लागि पूर्वतयारी कार्य पुरा गरेकाले नआत्तिन अनुरोध गरे । उनले स्वयंसेवकहरूलाई स्वयंसेवक गठन तथा परिचालन कार्यविधि भित्र रही आधुनिक प्रबिधि र रैथाने ज्ञान, सीप र अनुभवको फ्युजन गरी उच्च स्तरको सेवा प्रदान गर्न आग्रह गरे ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  २ : ४४ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद