६ श्रावण २०८३, बुधबार | July 22, 2026

बेलायत पढ्न जान चाहने विद्यार्थी लक्षित लर्निङपार्क एजुकेशन सर्भिसेजको ‘एड्मिशन सप्ताह’



काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको ‘लर्निङपार्क एजुकेशन सर्भिसेज’ले बेलायत पढ्न जान चाहने विद्यार्थी लक्षित ‘भर्ना सप्ताह’ (एडमिशन बीक) कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यही असार १० गतेदेखि १४ गतेसम्म (जुन २४ देखि २८ सम्म) ‘युके एडमिशन’ सप्ताह को आयोजना गर्न लागेको हो । लर्निङ पार्क एजुकेशन सर्भिसेजका अनुसार त्यस कार्यक्रममा विभिन्न बेलायती विश्वविद्यालयका प्रतिनिधिहरू उपस्थित हुनेछन् ।

एड्मिशन सप्ताहमा भाग लिन विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता, कलेज र विश्वविद्यालय छनोट, छात्रवृत्ति अवसर लगायतका जानकारी पाउनेछन् ।उनीहरुलाई बेलायतको भिसा प्रक्रियासम्बन्धी जानकारी र सहयोग समेत प्रदान गरिने लर्निङ पार्कले जनाएको छ ।

एड्मिशन सप्ताहमा सहभागी हुन चाहने विद्यार्थीहरूले अग्रिम दर्ता भने गर्नुपर्नेछ । दर्ता प्रक्रियाका लागि लर्निङ पार्कको वेबसाइट वा कार्यालयमा सम्पर्क गर्न सकिने लर्निङ पार्क एजुकेशन सर्भिसेजले जनाएको छ । कार्यक्रम प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आयोजना हुनेछ ।

विशेषतः लर्निङ पार्क एजुकेशन सर्भिसेजले बेलायतको सस्तो र उत्कृष्ट विद्यालयलाई प्रथामिकता दिने भएको छ। यो कार्यक्रम भर्ना सिजनमा हुने विद्यार्थीलाई निक्कै नै लाभदायी हुने अपेक्षा आयोजक संस्थाले गरेको छ ।

यसमा भाग लिने विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता, कलेज र विश्वविद्यालय छनोट, छात्रवृत्ति अवसर लगायतका जानकारी पाउनेछन् ।

बेलायतको विभिन्न विश्वविद्यालयमा IELTS, PTE बिना नै जान मिल्ने र पढ्रन जाने विद्यार्थीहरुले छात्रवृत्ति पनि पाउन सक्नेछन् । साथै ACCA पढिरहेका वा ACCA सकाएका विद्यार्थीहरुले पनि सजिलै मास्टर डिग्रीको लागि पनि पढ्न जान सक्नेछन् ।

सप्ताहमा विद्यार्थीहरूलाई बेलायतको भिसा प्रक्रियासम्बन्धी जानकारी र सहयोग समेत प्रदान गरिनेछ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : ४६ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज