३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

मंगलबार थपिए ६३८ जना कोरोना संक्रमित, सबैभन्दा धेरै थपिए काठमाडौं उपत्यकामा



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६३८ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या धेरै दिन पछिको निकै धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले ६३८ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

१० हजार ४६२ जनामा गरिएको पीसीआर परीक्षणमा ६३८ जना संक्रमित थपिएका हुन् ।

सबैभन्दा धेरै संक्रमित काठमाडौं उपत्यकामै थपिएका छन् । काठमाडौंमा ११०, ललितपुरमा १६, भक्तपुरमा ८ जना गरी १३४ जना संक्रमित थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको प्रवक्ता डा. गौतमले जनाए ।

पछिल्लो २४ घण्टामा १७१ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । हालसम्म १६ हजार ६६४ जना व्यक्तिहरु निको भैसकेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ४ : ३६ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।