४ पुस २०८२, शुक्रबार | December 19, 2025

मंगलबार थपिए ६३८ जना कोरोना संक्रमित, सबैभन्दा धेरै थपिए काठमाडौं उपत्यकामा



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६३८ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या धेरै दिन पछिको निकै धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले ६३८ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

१० हजार ४६२ जनामा गरिएको पीसीआर परीक्षणमा ६३८ जना संक्रमित थपिएका हुन् ।

सबैभन्दा धेरै संक्रमित काठमाडौं उपत्यकामै थपिएका छन् । काठमाडौंमा ११०, ललितपुरमा १६, भक्तपुरमा ८ जना गरी १३४ जना संक्रमित थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको प्रवक्ता डा. गौतमले जनाए ।

पछिल्लो २४ घण्टामा १७१ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । हालसम्म १६ हजार ६६४ जना व्यक्तिहरु निको भैसकेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ४ : ३६ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ