३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

स्कुल, कलेज अनिश्चितकालिन बन्द, होटल रेष्टुरेन्टमा पुनः ‘टेक अवे’; भारतीय नागरिकलाई नेपालमा काम गर्न रोक



काठमाडौं । भदौं १ गतेदेखि भर्ना अभियान सुरु गर्ने तयारीमा रहेको देशभरका शिक्षणसंस्थाहरु अनिश्चितकालका लागि बन्द भएका छन् ।

सरकारले सबै शैक्षिक संस्थालाई अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको जोखिम झन बढेकाले अर्को सूचना जारी नभएम्मका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय गरिएको बताए ।

यसैगरी काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीले मात्रै कार्यालय संचालन गर्ने निर्णय गरेको पनि खतिवडाले जानकारी दिए ।

‘बाँकी कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने’, उनले भने । जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन उनले आग्रह गरे ।

बढी जनसम्पर्क हुने कार्यालयका सेवा अनलाइनबाट सम्भव नदेखिए अर्को निर्णय नभएसम्म बन्द गर्न गर्न प्रवक्ता खतिवडाले कार्यालय प्रमुखहरुलाई आग्रह गरे ।

यस्तै, होटल रेष्टुरेन्टमा फेरि टेक अवेको नियम लगाइएको छ । साउन १५ गतेदेखि सुचारु गरिएको होटल, रेष्टुरेन्टमा बसेर खान नपाइने नियममा पुनः रोक लागेको हो । कोरोना महामारी बढेका कारण अब फेरि टेक अवेमात्रै गर्न मिल्ने बनाइएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

भारतबाट नेपाल छिर्ने १० नाका
सरकारले भारतबाट नेपाल छिर्ने साविकका २० नाकालाई घटाएर १० मा झारेको छ । काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइने सरकारा प्रवक्ता डा. खतिवडाले जानकारी दिए ।

स्वदेश फर्किन चाहने नेपाली नागरिकले अब तोकिएका नाकाबाट मात्र छिर्न पाउनेछन् । अन्य नाकाबाट छिर्नलाई कडा प्रतिबन्ध लगाइएको छ । सीमा नाकालाई भदौ ३१ गतेसम्म बन्द गरिएको छ ।

भारतीय नागरिकलाई नेपालमा आएर काम गर्न पनि रोक लगाइएको छ ।

सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा कोरोना संक्रमण फैलिएकाले निर्णय गरिएको प्रवक्ता खतिवडाले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ३७ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने