२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

कोपा अमेरिका : ब्राजिल कोस्टारिकासँग बराबरीमा, कोलोम्बियाको विजयी शुरुवात



काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा ब्राजिलले औसत शुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा ब्राजिल कोस्टा रिकासँग गोलरहित बराबरी खेलेको हो ।

समुह डी अन्तर्गतको यस खेलको ९० मिनेटसम्मको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि एक एक अंक बाँडेका छन् ।

समुह डी अन्तर्गत आजै सम्पन्न खेलमा कोलोम्बियाले पराग्वेलाई २-१ होल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । कोलोम्बियाको जितमा डानिएल मुनोज र जेफेरसन् लेर्माले एक एक गोल गरेका थिए भने पाराग्वेका लागि जुनिलो एन्सिसोले एक गोल गरेका थिए ।

यो जितपछि कोलोम्बियाले महत्वपूर्ण ३ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने ब्राजिल र कोस्टा रिकाको एक एक अंक रहेको छ ।

अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पराग्वेसँग खेल्ने छ भने कोलोम्बियाले सोहि दिन कोस्टा रिकासँग खेल्ने छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ९ : ०६ बजे

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल

सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

प्रतिनिधिसभामा सांसदहरुको प्रश्न – पैसा नहुने आमाले सडकमै वच्चा जन्माउनुपर्ने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा

चितवनबाट ग्यास सिलिन्डर धमाधम काठमाडौंमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौं पठाइरहेका