३० आश्विन २०८३, शुक्रबार | October 17, 2026

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछ : अर्थमन्त्री पुन



काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मुलुकमा आर्थिक क्रियाकलाप बढाउने, लगानी प्रवर्द्धन गर्ने, राजस्वको दायरा विस्तार गर्ने तथा दिगो र व्यवस्थित कर प्रणाली लागू गर्ने सोचका साथ उक्त विधेयक ल्याइएको स्पष्ट गरे ।

उनले विश्वका अनुभवका आधारमा आर्थिक विधेयकको अभिन्न अङ्गका आधारमा भन्सार महसुल विधेयक, २०८१ बेग्लै प्रस्तुत गरिएको जानकारी गराउँदै कर प्रणालीलाई व्यवस्थित बनाउन सरकार प्रयत्नशील रहेको बताए ।

मन्त्री पुनले पुँजी लगानी नगरी ऋणको लगानी गरिनु एक प्रकारको विचलन भएकाले पुँजीको लगानीलाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको बताए । उनले राजस्व अचपलन हुन नदिइने समेत प्रतिबद्धता जनाए।

मन्त्री पुनले विद्युतीय सवारी साधनको प्रयोग बढाइ इन्धनको प्रयोग घटाउने नीतिअनुसार कर प्रणाली लागू गरिएकाले विद्युतीय सवारी साधनलाई निरुत्साहित गरिएको भन्ने गुनासो यथार्थ नभएको अवगत गराए। उनले इन्धन कम प्रयोग हुँदा र विद्युतीय सवारी साधनमा न्यून कर हुँदा मुलुकले अर्बौ राजस्व गुमाउनुपर्ने भएकाले करलाई केही वृद्धि गरिएको स्पष्ट गरे।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ३ : ५९ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी