२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

नेपालगन्जमा हत्या गरिएकी २२ वर्षिया सुमदरानीको हत्या अभियोगमा एकजना पक्राउ



नेपालगन्ज । हत्या भएको १५ महिनामा बाँके प्रहरीले हत्या अभियोग लागि फरार रहेका एकजनालाई पक्राउ गरेको छ । गत वर्षको बैशाख २९ गते नेपालगन्जमा घाँटी रेटी हत्या गरिएकी सुमदरानी थारुको हत्या अभियोगमा बाँके प्रहरीले आज एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका ८ घर भएका २६ वर्षिय शैलेन्द्र चौधरी रहेका छन् । उनलाई बाँके जानकी १ पचपोखरा स्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत बैशाखमा नेपालगंज उप(महानगरपालिका ९ स्थित कोठा भाडामा लिई बस्दै आएकी कोहलपुर ६ घर भएकी २२ वर्षिया सुमदरानी थारुलाई घाँटी रेटी कर्तव्य गरी शैलेन्द्र फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलिले शैलेन्द्रलाई जानकी १ पचपोखरा स्थित नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारयण डाँगीले बताए

पक्राउ परेका चौधरीलाई बाँके जिल्ला अदालबाट ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ५ : ३१ बजे

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय

सरकारले गर्यो विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूतलाई पदमुक्त

काठमाडौ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा