२० मंसिर २०८२, शनिबार | December 6, 2025

एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने



काठमाडौं । एसइईको परीक्षामा नन ग्रेडेड (फेल) भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन् ।

सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसइई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने निर्णय गरेको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा यस्तो उल्लेख गरेका हुन् । ‘परिणामको कारण देखाई लाखौं बालबालिकालाई उनीहरुको जीवनको सिढी चढ्न रोक्नु अनुचित हुन्छ भन्ने निष्कर्षका साथ नेपाल सरकारले अनुत्तीर्ण भनिएका सबै विद्यार्थीलाई सबै विषयमा मौका परिक्षामा सामेल गराउने निर्णय गरेको छ’, उनले भनेका छन् ।

‘भाइबहिनीहरु र उहाँहरुका सबै अभिभावकज्यूहरुले यो मौकालाई ठिक ढंगले बुझेर मौका परिक्षाको तयारीमा केन्द्रित गर्न÷हुन हार्दिक अनुरोध गर्दछौं’, उनले लेखेका छन्, ‘राज्यका सबै निकायले परिक्षाको परिणाम खोज्नु भन्दा पहिले सार्वजनिक विद्यालयको अवस्था, सरकार तथा नियमनकारी निकायको भुमिका, शिक्षक–अभिभावकको दायित्व र शिक्षा लिने दिने पद्धतिमा कक्षा कोठाबाटै सुधार खोज्नु पर्दछ ।’

यस अघि दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बताइएको थियो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ८ : १६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले