२० माघ २०८२, मंगलबार | February 3, 2026

कपिलवस्तुमा श्रोत नखुलेको साढे २४ लाख भारतीय रुपैया बरामद, रकमवाला ब्यक्ति झोला छाडेर फरार



कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर सिमामा तैनाथ सशस्त्र प्रहरी बलले भारतबाट नेपाल भित्राईंदै गरेको साढे २४ लाख भारतीय रकम बरामद गरेको छ ।

कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेटमा रहेको सशस्त्र प्रहरी बलको नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्मको टोलीले आज बिहान ५ बजे सो रकम बरामद गरेको हो ।

भारतबाट झोलामा भिरेर आउंदै गरेका अवस्थामा सशस्त्र प्रहरीले शंकालागेर चेक जाँच गर्दा उनको झोलामा सेनेटाईजर र औषधीको पोकामा लुकाएर राखेको सो रकम फेला परेको शसस्त्र प्रहरीले जनाएको छ ।

दशगजा भन्दा ५० मिटर नजिकैको नेपाली भुभागमा गरिएको चेकजाँजका क्रममा शुरुमा ति व्यक्तिले झोला खोलेर सेनेटाईर र औषधी रहेको भन्दै गस्तमिा रहेको सशस्त्रको टोलीलाई झुक्याउन खोजेका थिए । सशस्त्रको टोलीले शंका लागी झोला खोल्न थालेपछि ती ब्यक्ति झोला छाडेर भारततर्फ भागेको सशस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले दाबी गरेका छन् ।

बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा गड्डी रहेको शाहीले बताए । बरामद रकम आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा बुझाईने उनले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ९ : ५९ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि