१६ भदौ २०८३, मंगलबार | September 1, 2026

‘अनाथ बालबालिकालाई शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान’



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनाथ बालबालिकाको संरक्षण गरी शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान भएको बताएका छन ।

पूर्वाञ्चल बालसेवा आश्रम विराटनगर-१३ का अध्यक्ष बालमुकुन्द पोखरेल र संरक्षक सीता पोखरेलका नाममा स्थापित ‘सीता बालमुकुमुन्द पोखरेल प्रतिष्ठान’द्वारा आज यहाँ आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले आश्रममा रहेका ६० बालबालिकालाई शिक्षित र संस्कारयुक्त बनाएर राष्ट्रलाई महत्वपूर्ण योगदान पु¥याएको धारणा राखे । उनले प्रदेश सरकारले आश्रमलाई अझ व्यवस्थित एवं सुविधा सम्पन्न बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष पोखरेलले विगत ४० वर्षदेखि आश्रित बालबालिकालाई शिक्षित बनाई समाज एवं राष्ट्रका लागि महत्वपूर्ण योगदान पु¥याएकामा प्रशंसा गर्दै मुख्यमन्त्री कार्कीले यसबाट अन्य व्यक्ति तथा संस्थाले प्रेरणा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा साहित्यकार कुन्ती शर्मा र समाजसेवी श्याम अधिकारीकालाई नगद रु २५/२५ हजार एवं प्रमाणपत्रसहित सम्मान गरिएको थियो । साहित्यकार शर्मा र अधिकारीले सम्मानबाट समाजमा रहेका युवालाई साहित्य र समाजसेवामा लाग्न प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष सुरेश गाउँले, आश्रमकी संरक्षक सीता पोखरेल, सदस्य ब्युटी श्रेष्ठ र सिद्धार्थ बैङ्कका प्रदेश प्रमुख कमल बस्नेतले आश्रमले अनाथ बालबालिकाको सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको धारणा राखे ।

कार्यक्रममा सिद्धार्थ बैङ्कले आश्रमलाई आवश्यक फर्निचर सहयोग प्रदान गरेको थियो ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ७ : १६ बजे

बाढीग्रस्त क्षेत्रमा खर्च गर्नेगरी एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश