६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

मेडिसिटी अस्पतालमा उपचाररत जनकपुरका पूर्व मेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालक कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

७३ वर्षीय गिरीको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । गिरीलाई १५ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको अवस्था बिग्रिँदै गएपछि केहिदिन पहिले काठमाडौं ल्याएर मेडिसिटीमा भर्ना गरिको थियो ।

श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका गिरीलाई एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । गिरी मुटु सम्बन्धी रोग, उच्च रक्तचापबाट पीडित थिए ।

पञ्चायतकालको अन्तिम वर्षतिर २०४४ सालमा जनकपुर नगरपालिकाको मेयर भएका गिरी पछिल्लो समय होटल व्यवसायीको रुपमा प्रतिष्ठित बनेका थिए ।

मृत्युबारे अस्पतालले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यससँगै बुधबार मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको समाचार सार्वजनिक भएको छ । जसअनुसार हालसम्म मृत्यु हुनेको संख्या ८९ पुगेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ११ : ५५ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको