१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

मेडिसिटी अस्पतालमा उपचाररत जनकपुरका पूर्व मेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालक कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

७३ वर्षीय गिरीको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । गिरीलाई १५ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको अवस्था बिग्रिँदै गएपछि केहिदिन पहिले काठमाडौं ल्याएर मेडिसिटीमा भर्ना गरिको थियो ।

श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका गिरीलाई एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । गिरी मुटु सम्बन्धी रोग, उच्च रक्तचापबाट पीडित थिए ।

पञ्चायतकालको अन्तिम वर्षतिर २०४४ सालमा जनकपुर नगरपालिकाको मेयर भएका गिरी पछिल्लो समय होटल व्यवसायीको रुपमा प्रतिष्ठित बनेका थिए ।

मृत्युबारे अस्पतालले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यससँगै बुधबार मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको समाचार सार्वजनिक भएको छ । जसअनुसार हालसम्म मृत्यु हुनेको संख्या ८९ पुगेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ११ : ५५ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा