२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

एमालेका मन्त्रीहरुलाई ओलीले बोलाए बालकोट



काठमाडौं । सत्ता समीकरण परिवर्तनको चर्चा चलिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी एमालेका मन्त्रीलाई आफ्नो निवास बालकोटमा बोलाएका छन् ।

हाल मन्त्रिपरिषद्को बैठकमा रहेका एमाले मन्त्रीहरु सो बैठकपछि ओली निवास बालकोट जाने भएका छन् । एक मन्त्रीले न्यूजकारखानासँग कुरा गर्दै अध्यक्षले बोलाएको पुष्टि गर्दै कारण थाहा नभएको बताए ।

यस अघि आजै बिहान अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चार घण्टा भन्दा बढी छलफल गरेका थिए । छलफलमा राष्ट्रिय सरकार बनाउने विषयमा समेत छलफल भएको दाबी गरिएको छ ।

एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस( एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : २० बजे

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई