९ पुस २०८२, बुधबार | December 25, 2025

एमालेका मन्त्रीहरुलाई ओलीले बोलाए बालकोट



काठमाडौं । सत्ता समीकरण परिवर्तनको चर्चा चलिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी एमालेका मन्त्रीलाई आफ्नो निवास बालकोटमा बोलाएका छन् ।

हाल मन्त्रिपरिषद्को बैठकमा रहेका एमाले मन्त्रीहरु सो बैठकपछि ओली निवास बालकोट जाने भएका छन् । एक मन्त्रीले न्यूजकारखानासँग कुरा गर्दै अध्यक्षले बोलाएको पुष्टि गर्दै कारण थाहा नभएको बताए ।

यस अघि आजै बिहान अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चार घण्टा भन्दा बढी छलफल गरेका थिए । छलफलमा राष्ट्रिय सरकार बनाउने विषयमा समेत छलफल भएको दाबी गरिएको छ ।

एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस( एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : २० बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना