१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एकै दिन ६ हजार घट्यो सुनको मुल्य, कोरोना विरुद्धको खोपले नतिजा दिए अझै घट्न सक्ने आंकलन



काठमाडौं। मुल्यको उच्चतम बिन्दुमा पुगेको सुनको भाग बिगत ४ दिन देखि थोरै मात्रामा घटेपनि बुधबार भने ठुलै अनुपातमा घटेको छ । बुधबार एकैदिन तोलामा ६ हजार २०० रूपैयाँ घटेर सुनको मुल्य तोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएका कारण नेपाली बजारमा पनि मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार पनि सुनको मुल्य ८ सय रुपैयाँले घटेर तोलाको १ लाख १ हजार ६ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा प्रति औंस २०५६ डलर सम्म उकालो लागेको सुनको मुल्य बुधबार १८७६ डलरमा झरेको छ। कोरोना भाइरसविरुद्ध खोपको विकास भएको समाचार बाहिरिएसँगै लगानीकर्ताले सुनमा लगानी घटाउँदा मुल्यमा प्रत्यक्ष असर परेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। ती सञ्चार माध्यमका अनुसार कोरोना भाइरसले प्रमुख सेयर बजारहरूमा नकारात्मक असर पु¥याएपछि लगानीकर्ता नाफा जोगाउन भन्दै सुनचाँदीतर्फ आकर्षित भएका थिए थिए।

अन्तर्राष्ट्रिय बजारमा बुधबार बिहान सुन प्रतिऔंस १८७६।४६ डलरमा कारोबार भएको छ भने चाँदी प्रतिऔंस २३।९९ मा कारोबार भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १२ : ३८ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई