१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आइसोलेशनलाई विद्यालयबाट स्थानान्तरण गरिने



हुटौंडा । विद्यालयबाट आइसोलेशन तथा क्वारेन्टिन हटाउने वाग्मती प्रदेशको प्रदेश कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णयपछि हेटौंडा अस्पतालद्वारा एक विद्यालयमा सञ्चालित आइसोलेसन वार्डलाई स्थानान्तरण गरिने भएको छ ।

हेटौंडाको श्रमिक माध्यामिक विद्यालयमा सञ्चालित आइसोलेशन वार्डलाई गौरीटार रङ्गशाला (केन्द्रीय खेलकूद प्रतिष्ठान) मा रहेको छात्रवासमा स्थानान्तरण गरिने भएको छ ।

एक पटकमा एक सय जनासम्म सङ्क्रमितहरुलाई राख्न सकिने क्षमता भएको छात्रवासमा आइसोलेशन वार्ड स्थापनाका लागि तयारी थालिएको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामालगायतको टोलीले आइसोलेसन वार्डको निरीक्षण तथा अनुगमन गरेको छ ।

सो क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले कामलाई द्रूत र व्यवस्थित गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री पौडेलले आवश्यकताअनुसारका अस्थायी संरचनाहरु निर्माण गरेर भएपनि चाँढोभन्दा चाढो काम गर्नुपर्ने बेला आएको बताए ।

मुख्यमन्त्री पौडेलले सरकार जसरी भएपनि महामारीको अवस्थालाई अन्त्य गर्न चाहने भन्दै सबै क्षेत्र र निकाय प्रतिवद्ध हुनुपर्ने धारणा राखे । उनले प्रदेशका सबै जिल्लामा रहेका आइसोलेशन तथा क्वारेन्टिनहरुलाई विद्यालयहरुबाट सारिने बताए ।

सामाजिक विकास मन्त्री युवराज दुलालले आसोलेसनलाई व्यवस्थित बनाउन कुनै कसर बाँकी नराखिने बताउदै उपमहानगरपालिकालगायतले समेत साथ दिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ३ : ०५ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज