१० माघ २०८२, शनिबार | January 24, 2026

बाँकेमा ५ केजी अफिम सहित २ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले लागु औषध अफिम सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके कोहलपुर १४ हवल्दारपुर
ह्याप्पि वोल्ड फन पार्क अगाडीबाट २ जनालाई अफिम सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जाजरकोट शिवालय ७ भिउस घर भई हाल बर्दिया बांसगढि ९ माछागढ बस्ने ५५ वर्षिय राम बहादुर शाही र जाजरकोट बारेकोट ८ सेपुखोला बस्ने ३५ वर्षिय पुर्ण बहादुर बिक रहेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले शंका लागि चेकजाचँ गर्दा पुर्ण बहादुर बिकले पछाडि बोकेको कालो झोलामा ५ केजी ८६५ ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सोही स्थानमा रोकी राखेको राम बहादुर शाहीको कर्णाली प्रदेश०२(००२ प ११८६ नम्बरको मोटरसाईकल सहित फेला पारी बरामद गरेको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालबाट दिन ५ म्याद थप अनुमती लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ६ : ४९ बजे

हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन

बागलुङ । हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग

महिला टि-२० विश्वकप छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी

प्रचण्डको दाबी – चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावका

अध्ययन–अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोर : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा

वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको