२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

नागढुंगा-नौबिसे सडकखण्ड बुधबार र बिहीबार राती पूर्ण रुपमा बन्द हुने



काठमाडौं ।  त्रिभुवन राजमार्ग  (नागढुंगा–नौबिसे सडक खण्ड)  बुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द हुने भएको  छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै  बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा रोक लगाइने बताएको छ ।

नौबिसे खोलाको पुलमा काम  गर्न सहज बनाउनु साथै सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन उक्त क्षेत्रमा राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमनलाई रोक लगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

साथै यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनलाई भने रोक लगाइएको छैन ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ६ : ३२ बजे

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९

रास्वपा ‘लोकप्रियतावाद र भ्रमको राजनीति’ मा आधारित अराजक जमातको गठजोड : एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैचारिक

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा

अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई

सुकुम्बासी माथिको सरकारी व्यवहारमा ‘पञ्चायती दमन’को झल्को : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल ले