९ पुस २०८२, बुधबार | December 24, 2025

सामाजिक कार्यमा चापागाईको अग्रसरता : जन्मदिनमा रक्तदान र आश्रमलाई सहयोग



तिलोत्तमा । जन्मदिन साथी भाइलाई भोज खुवाएर तडकभडकका साथ मनाउने प्रचलन चलिरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ निबासी मोहन चापागाईंले रचनात्मक काम गरेर जन्म दिन मनाएका छन् ।

प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष एवं एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रेस चौतारी विभागीय इन्चार्ज रहेका चापागाईले आफ्नो जन्मदिन मनकारी कामका लागि उपयोग गरेका हुन् । उनले जन्म दिन मनाउने खर्चलाई रचनात्मक काममा लगाउँदै रामचन्द्र मैनादेवी अनाथ आश्रम मणिग्राममा आर्थिक सहयोग प्रदान गरेका छन् । रक्तसञ्चार केन्द्र बुटवलमा पुगेर रक्तदान गरेका छन् ।

अघिल्ला वर्षहरुका जन्मदिन उनले कहिले वृक्षारोपण गरेर त कहिले यस्तै आर्थिक सहयोग गरेर मनाउने गरेका थिए । यसपल्ट उनले रामचन्द्र मैनादेवी अनाथ आश्रम मणिग्राममा आर्थिक सहयोग गरेका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा एमालेबाट तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनेका उनी काँग्रेसका रामकृष्ण खाँणसँग झिनो मतान्तरले पराजित भएका थिए । चापागाईंले आफूले ल्याएको मत बराबर २३ हजार ६३१ रुपियाँ अनाथ आश्रमका लागि सहयोग गरेका हुन् । चापागाईंले आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै उनले रक्तसञ्चार केन्द्र बुटवलमा गई रक्तदान समेत गरेका छन् । आफूले हरेक वर्षको जन्मदिन यसैगरी मनाउने योजना बनाएको उनले बताए ।

जन्मदिन कुनै रचनात्मक कार्य गरी मनाउनुपर्छ भन्ने कुराको सन्देश अरुलाई पनि दिनका लागि आफूले यस्तो कार्य गरेको चापागाईंले बताए । “मेरो उद्देश्य सामाजिक र रचनात्मक कामको सन्देश फैलाउनु हो”-उनले भने ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १२ : १७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना