१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरियो, एमाले मन्त्रीहरु राजीनामा बोकेर मुख्यमन्त्री निवासमा



बुटवल । लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ । प्रदेश सरकारमा एमालेको तर्फबाट रहेका पाँच जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिन प्रदेश राजधानी भालुवाङ सिथ्त मुख्यमन्त्री निवास पुगेका छन् । मन्त्रीहरुले राजीनामा बुझाएसँगै एमाले सरकारबाट बाहिरिने छ ।

मुख्यमन्त्री जोखबहादुर महरालाई बेलुका मुख्यमन्त्रीको सरकारी निवास भालुवाङमा भेटेर मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका हुन् ।

एमालेका तर्फबाट प्रदेशमा रहेका मन्त्रीहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्न खत्री र अर्जुन केसीले अहिले मुख्यमन्त्री निवासमा छन् । जाँदाजाँदै मुख्यमन्त्रीले खानाको प्रस्ताव गरेपछि खना खाएर राजीनामा बुझाउने तयारी भएको एक मन्त्रीले बताए ।

एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । प्रदेशसभामा एमाले संसदीयदलका नेता लिला गिरीले समर्थन फिर्ताको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा समेत गराइसकेका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ७ : २९ बजे

विशेषको आदेश सर्वोच्चबाट बदर, विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

मनसुनी विपद् : खोज/उद्धारमा एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौँ । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिन माग

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक