३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

सत्ता समीकरण फेरिएपनि मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत



काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिएका हुन् ।

मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । जनमत पार्टीसँग प्रदेशसभामा १३ प्रदेशसभा सदस्य छन् । कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा आज १०१ जना प्रदेश सभा सदस्यहरुको उपस्थिति रहेको थियो । मुख्यमन्त्री सिंहलाई विश्वासको मतको पक्षमा ६७ मत प्राप्त भएको छ । विपक्षमा ३४ प्रदेश सभा सदस्यहरुले मत हालेका छन् ।

मुख्यमन्त्री सिंहलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी लगायतका सांसदहरुले विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री बन्दा सिंहलाई माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीलगायत दलको समर्थन थियो । विश्वासको मत लिनुभन्दा पहिले नै मुख्यमन्त्री सिंहले माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीसहित चार दललाई सरकारबाट हटाएर ६ जना मन्त्री बर्खास्त गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : २६ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको