१८ चैत्र २०८२, बुधबार | April 2, 2026

जोखिम मोलेर नदीबाट दाउरा झिक्दै स्थानीय



नेपालगन्ज । वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिका–४ सिधनवा घाटस्थित राप्ती नदीमा पानीको बहाव बढ्दै गइरहेको छ तर स्थानीयलाई त्यसको प्रवाह छैन । पानीसँगै बगेर आएका दाउरा जम्मा गर्न राप्ती नदी किनारमा स्थानीयको भीड लागेको छ ।

दाउरा जम्मा गर्न गाउँपालिकाका विभिन्न स्थानमा सयौँ स्थानीय आज बिहानदेखि दिनभर व्यस्त रहे । नागरिक दाउरा सङ्कलन गर्न पानीमा रुझ्दै बालबालिकादेखि युवालगायत ज्येष्ठको घुइँचो देख्न सकिन्थ्यो । स्थानीयले लौरो (लामो कैँची लौरो) बनाएर त्यसैको सहयोगबाट नदीका दाउरा तानिरहेका देखिन्थे ।

डुडुवा–४ का पल्लवी वर्माले बिहान ११ बजेदेखि दाउरा जम्मा गर्न नदी किनारामा आएको बताए । उनले अहिलेसम्म करिब आठ क्विन्टल दाउरा जम्मा गरेको बताए । वर्माले सङ्कलन गरिएका मध्ये ठूला दाउरा बिक्री गर्ने र साना दाउरा घरमै प्रयोग गर्ने गरेको सुनाए ।

वर्मा जस्तै सोही गाउँपालिका–६ का गौरी यादव नदीबाट दाउरा झिक्न दुई सन्तानसहित नदी छेउमा देखिइन् । “घरमा लोग्ने मान्छे कोही पनि छैनन्, त्यसैले ज्यानको बाजी लगाएर दाउरा झिक्नु परिरहेको छ”, उनले भनिन्, “बग्दै गरेको नदीबाट दाउरा झिक्न सजिलो छैन नि ! तर पनि दाउरा जोहो नगरेर हुँदैन ।” गौरीले आज करिब नौ क्विन्टल दाउरा जम्मा गरेको बताइन् ।

स्थानीय शेखर अन्सारी पनि बिहानै सपरिवार राप्ती नदीमा पुगे । उनीसँगै सात वर्षीया छोरी र नौ वर्षीय छोरासहित वृद्ध आमाबुबासमेत खोला किनारमा पुगेका थिए । आज दिनभर १२ क्विन्टल जति दाउरा निकालेको र त्यसमध्ये केही बेच्ने योजना रहेको उनले सुनाए ।

जति सम्झाउँदा पनि स्थानीयले जोखिम मोलेर दाउरा निकाल्न नछाडेपछि सम्भावित दुर्घटनालाई मध्यनजर गरी यस क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको तालिम प्राप्त उद्धार टोली तैनाथ गरिएको छ । गणले सशस्त्र प्रहरी निरीक्षक ललित शाहीको नेतृत्वमा आवश्यकसामग्रीसहित उद्धार टोली खटाएको हो । “नदीको सतह क्रमशः बढ्दै गएको छ, दाउरा जम्मा गर्न सयौँ नागरिकको भीड लाग्ने गरेको छ”, सशस्त्र प्रहरी निरीक्षक शाहीले भने, “हामी बिहान १० बजेदेखि यहाँ ड्युटी गरिरहेका छौँ । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयलाई नदीमा पस्न भने दिएका छैनौँ । कुनै दुर्घटना भइहालेमा उद्धार सामग्रीसहित २५ जनाको तालिम प्राप्त उद्धार टोली तत्काल परिचालन हुन्छौँ ।”

उनकानुसार कुसुममा रहेको बाढी मापन केन्द्रले नदीको अवस्थाका बारेमा गणमा जानकारी गराउने र तालिम प्राप्त उद्धार टोली जोखिमयुक्त स्थानहरूमा तुरुन्तै परिचालन हुनेछ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १० : १० बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”