१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

काठमाडौँ महानगरको बजेट र नीति तथा कार्यक्रम सर्बसम्मतले पारित



काठमाडौँ । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।

महानगरपालिकाको मंगलबार दिउँसो सुरु भएको नगरसभाको १५औं अधिवेशनअन्तर्गत पाँचौं बैठकले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।

महानगरको पहिलो बैठकमा पेस भई दोस्रो बैठकमा छलफल भएको नीति तथा कार्यक्रममाथि प्रस्तुत संशोधन प्रस्ताव तथा विषय समावेश गरी पारित गरिएको मेयर बालेन शाहले घोषणा गरेका थिए । त्यस्तै छलफलपछि महानगरको बजेट पनि पारित भएको छ ।

महानगर प्रमुख बालेन शाहले नगर सभाका सदस्यहरुले प्रस्तुत गरेको बजेटको संशोधनलाई सकेसम्म समेट्ने गरी बजेटलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई नगरसभाले सर्बसम्मत पारित गरेको थियो ।

महानगरको नगर सभामा उपप्रमुख सुनिता डंगोलले असार १० गते २५ अर्ब ७० करोड ६३ लाखको बजेट प्रस्तुत गरेकी थिइन् ।

 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : १५ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से