२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश



काठमाडौं । क्यानडालाई २-० ले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अब फाइनलमा उसले कोलम्बिया अथवा उरुग्वेमध्ये एकको सामना गर्नेछ ।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले पहिलो हाफको २३ औं मिनेट गोलको खाता खोले । त्यसपछि कप्तान लियोनल मेसीले ५१ औं मिनेटमा दोस्रो गोल थपे । यस प्रतियोगितामा मेसीको यो पहिलो गोल हो ।

यससँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सूचीको दोस्रो स्थानमा उक्लिएका छन् । उनको यो अर्जेन्टिनाका लागि १ सय ९ औं गोल हो । उनले इरानका अली दाइलाई उछिनेका हुन् । दाइले १ सय ८ गोल गरेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १ सय ३० गोलसहित शीर्ष स्थानमा छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १० : ११ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ