११ पुस २०८२, शुक्रबार | December 26, 2025

जसपा नेपालको केन्द्रीय समिति घोषणा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।

गत जेठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्ष यादवले आज दुई सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन् ।

अध्यक्ष यादवद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार केन्द्रीय कार्यकारिणी समिति सदस्यमा रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापामगर रहेका छन् ।

यस्तै केन्द्रीय समिति सदस्यमा अमरेश नारायण झा, अर्जुन थापा, अशेश्वर यादव, अशोककुमार यादव, अनिरुद्रप्रसाद सिंह, अमरनाथ मण्डललगायत छन् । जसपाले अध्यक्ष, कार्यकारिणी समिति सदस्य र केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको हो ।

पार्टीको बाँकी पदाधिकारी चाँडै टुङ्गो लगाइने सो पार्टीले जनाएको छ । जसपामा अध्यक्षसहित सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एक हुने व्यवस्था छ ।

 

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  १० : ४५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र