७ आश्विन २०८३, बुधबार | September 23, 2026

विश्वासको मतपछि प्रचण्डले पत्रकार सम्मेलन गर्ने, आजै बालुवाटार पनि छाड्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकपछि दाहालले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

प्रतिनिधि सभा बैठकबाट प्रचण्डले आज विश्वासको मत लिँदैछन् । सरकार अल्पमतमा रहेकाले प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहेको छैन  ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा भएका काम र आगामी कार्ययोजनाबारे जानकारी गराउन पार्टी कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।

आजै बालुवाटार छाड्दै प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्ने भएका छन् ।

आज प्रतिनिधि सभाको बैठकपछि उनले बालुवाटार छोड्ने तयारी गरेको उनको सचिवालयले जानकरी गराएको छ । प्रचण्ड आफ्नो खुमलटारस्थित निवासमा जाँदै छन् । सरकार अल्पमतमा परेदेखि नै खुमलटारस्थित निवासको सरसफाई गरिएको थियो ।

 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : १३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज