१० भदौ २०८३, बुधबार | August 26, 2026

कोरोना भाइरसको संक्रमणबाट हालसम्म ७३ पुरुष र २२ महिलाको मृत्यु



काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ९५ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार अछामको रामारोशन गाउँपालिका वडा नं. ५ निवासी १८ वर्षीय युवकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

मुटुका रोगी रहेका ती युवकको उपचारकै क्रममा साउन २८ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका वडा नं. ३ निवासी ५७ वर्षीय पुरुषको २८ गते नै कोशी अस्पतालमा मृत्यु भएको छ । मधुमेह र उच्चरक्तचापका बिरामी ती पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ ।

यसैगरी महोत्तरीको मठिहानीका एक पुरुषको साउन २५ गते रामजानकी अस्पताल जनकपुरा मृत्यु भएको छ ।

यस्तै, धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरकी ८५ वर्षीया महिलाको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

हालसम्म मृत्यु भएका ९५ जनामध्ये ७३ जना पुरुष र २२ जना महिला रहेका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश १ मा ८ पुरुषको मृत्यु भएको छ ।

प्रदेश २ मा २८ जना पुरुष र ११ जना महिला गरी ३९ जना रहेका छन् । यसैगरी बागमती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा ६ जना पुरुषको मृत्यु भएको छ ।
यसैगरी ५ नं. प्रदेशमा ९ जना पुरुष र ३ जना महिला गरी १२ जनाको मृत्यु भएको छ भने कर्णाली प्रदेशमा ४ जना पुरुषको मृत्यु भएको छ ।

सुदुरपश्चिम प्रदेशमा ५ जना पुरुष र ३ जना महिला गरी ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ५ : २४ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक