३ पुस २०८२, बिहिबार | December 18, 2025

कांग्रेसले तय गर्यो मन्त्री चयनको मापदण्ड



काठमाडौं । नेपाली कांग्रेसले मन्त्री चयनको मापदण्ड तय गरेको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि मापदण्ड तय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।

कांग्रेसले मन्त्री चयन गर्दा प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा सरकारमा सहभागी हुने मन्त्रीको छनौट गर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए ।

साथै बैठकले नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परी दुई बस त्रिशूली नदीमा खस्दा करिब पाँच दर्जन यात्रुको अवस्था अज्ञात रहेको घटनामा हराएकाको खोजी र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायलाई आग्रह गरेको महतले बताए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ५ : ५० बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको