१० भदौ २०८३, बुधबार | August 26, 2026

बुधबार देखि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारत बिरामीलाई बिहिबार कोरोना देखियो



बुटवल । बुधबार देखि लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार गराईरहेका २ जनामा कोरोना पुष्टि भएको छ । बुधबार देखि प्रादेशिक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका २ जना बिरामीमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तु र प्युठानबाट बुधबार उपचारका लागि भर्ना भएका २ जना पुरुषको आकस्मिक कक्षमा उपचार चलिरहेको थियो ।

उपचारत बिरामीमा कोरोना देखिएसँगै अस्पतालको आकस्मिक कक्षको काम केहि बेर बन्द गरेर सेनेटाइज गरिएको थियो । आकस्मिक कक्षलाई सेनेटाइज गरेपछि भने मध्यान्हबाट अस्पतालको सेवा नियमित अवस्थामा ल्याइएको छ।

दिउसो केहीबेर सेवा स्थगित गरेर अस्पताललाई सरकारले निर्धारण गरेको मापदण्डअनुसार सेनेटाइज गरिएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

भर्ना हुन आएका दुबैमा देखिएको लक्षणका आधारमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा गौतमले जानकारी दिए।

दुवै बिरामीलाई आइसोलेशनमा राखेर उपचार थालिएको छ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  १० : ०८ बजे

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट

भोटेकोशी बाढी : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक