१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

भारतीय महावाणिज्य दूतावासका कर्मचारीसहित पर्सा, बारा र महोत्तरीका ४८ संक्रमित



वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भारतीय महावाणिज्य दूतावासका कर्मचारीसहित बारा,पर्सा र महोत्तरीका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा महावाणिज्यदूताबासका १ जना कर्मचारी रहेका छन् । यस्तै, वीरगञ्जका २४ जना, बाराका २१ जना, महोत्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । जसमध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् ।

कन्ट्याक्ट ट्रेसिङमा वीरगन्ज महानगरपालिकाका सबैभन्दा धेरै संक्रमित देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जनाए ।

संक्रमितहरु हुनेहरु नरायणी अस्पतालकै एक महिला चिकित्सक। र चार जना कर्मचारी पनि रहेका छन् । यस्तै वीरगन्जस्थि ग्लोबल आईएमई बैंकका ४३ वर्षीय एक जना पुरुष पनि संक्रमित भएको मेसु उपाध्यायाले बताए ।

यसैगरी, वीरगन्ज महानगरपालिका वडा नं ११ श्रीपुरका १ जना, वडा नं १० घडीअर्वा पोखरीका २ जना रहेका छन् । यस्तै, वडा नं २ छपकैयाका २ जना, वडा नं १३ राधेमाइका २ जना र वडा नं ४, ८, १४, १५, २५ का पनि एक एक जना संक्रमित रहेका छन् ।

यस्तै, बाराको जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडाका २० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, बाराकै विश्रामपुरका २४ बर्षका १ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

यसैगरी महोत्तरी जिल्ला जलेश्वरका ४ बर्षका १ जना बालक र ३७ बर्षकी १ जना महिलामा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

सबै संक्रमितहरुको स्वाब साउन २४ गतेदेखि २६ गतेसम्म संकलन गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १२ : ०२ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा