१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

लियो क्लब अफ बुटवल सिद्धबाबाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । लियो क्लब अफ बुटवल सिद्धबाबाले आज नेपाल नियमित रक्तदाता समाजको भवनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको गरेको छ । जिल्लामा केही दिनयता रगतको अभाव रहेको समाचार बाहिर आएपछि क्लबको रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल निमायित रक्तदाता समाजका केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालले रक्त दातालाई ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै सिलवालले सक्रिय रक्तदाताको रूपमा रहेका युवावर्ग रोजगार तथा अध्ययनका लागि विदेश जान थालेपछि हिजोआज देशैभर रगतको अभाव हुन थालेको बताए । यस्तो अवस्थामा यहीँ भएका युवाहरूले रगत संकलन गर्ने काममा आफ्नो जिम्मेवारी बहन गर्नुभएकोमा खुसी लागेको उनले बताए ।

कार्यक्रममा नेपाल नियमित रक्तदाता समाजका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारीले रक्तदानबारे सचेतनाको कारण रक्तदान कार्यक्रम बढेपनि रगतको ग्रुप अभाव रहेको बताए । आकस्मिक दुर्घटना, डायलोसिसका बिरामीहरुमा रगतको बढि माग हुने बताउँदै रुपन्देहीमा नेपालभर बाट रगत लिन आउने हुँदा रगत सधै अभाव देखिने उनले बताए ।

कार्यक्रममा बोल्दै लियो क्लव अफ बुटवल सिद्धबाबाका अध्यक्ष प्रणेश पौडयालले विगत लामोसमयदेखी रक्तदानको कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । लियो क्लबले रक्तदान मात्र नभई अरु धेरै सामाजिक कार्यमा पनि हातेमालो गर्दै आएको बताए ।

नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४५ युनिट रगत संकलन भएको संयोजक निरोश मुडभरिले जानकारी दिए । हाल यस क्लबमा ३२ सदस्य रहेका छन ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ५ : ५३ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से