१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्वजनिक



काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको प्रमुख भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘उडायो मन’ बोलको गीतमा इन्द्रकला राईको गायन रहेको छ भने जयन जे. वाइबाको शब्द रचना तथा संगीत छ । यो गीतमा केही अन्तरा थारु भाषामा पनि छ ।

शेखर घर्ती मगरको कोरियोग्राफीमा तयार भएको गीतमा स्वस्तिमासहित अर्की अभिनेत्री सिम्रन खड्का पनि प्रस्तुत छिन् । आगामी असोज १७ गते (घटस्थापना) देखि फिल्म प्रदर्शन हुँदैछ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन एवं निर्देशन रहेको फिल्ममा स्वस्तिमा, निश्चल र सिम्रनसहित विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी लगायतको पनि अभिनय छ । निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।

यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी तथा जयन जे वाइबा र कुशल पोखरेलको संगीत रहेको छ ।

 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ७ : ३८ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र