२७ भदौ २०८३, शनिबार | September 12, 2026

रोटरी क्लब तिलोत्तमा रुपन्देहीद्वारा डिआरआर बिक्रम क्षेत्रीलाई सम्मान



बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीेले रोट्रयाक डिष्ट्रिक ३२९२ नेपाल भुटानका लागी निर्वाचित डिआरआर बिक्रम क्षेत्रीलाई सम्मान गरेको छ । क्लबको आफ्नो ६४० औं नियमित बैठकको अवसरमा रोट्रयाक डिष्ट्रिकको नेतृत्वमा निर्वाचित क्षत्रीलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका मातृत्वमा स्थापना भएको रोट्रयाक क्लब अफ तिलोत्तमा रुपन्देहीका पुर्व अध्यक्ष क्षेत्री रोट्रयाक डिष्ट्रिक ३२९२ नेपाल भुटानको नेतृत्व दायी भूमिकामा पुग्नु स्पोन्सर क्लबका रुपमा आफुहरुका लागी पनि गर्वको कुरा भएको क्लवका वर्ष २०२४/२५ का अध्यक्ष देवीराम पाण्डेले बताए । उनले क्लबले स्थापना देखी हाल सम्म ३ वटा रोट्रयाक क्लब, एउटा इन्ट्रयाक क्लब र एउटा रोटरी क्लबलाई स्पोन्सर गरेको उल्लेख गर्दै आफुहरुको स्पोन्सरमा स्थापीत क्लवका पुर्व अध्यक्ष डिष्ट्रिक नेतृत्वमा पुग्नु क्लबको लागी गौरवको विषय भएको बताए ।

सम्मान कार्यक्रममा बोल्दै रोट्रयाक डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिआरआर बिक्रम क्षत्रीले रोटरीको स्पोन्सरमा रोट्रयाक स्थापना हुने भएकोले रोटरी र रोट्रयाक बिचमा अनोन्याश्रित सम्बन्ध रहेको बताए । उनले रोट्रयाक क्लबहरुलाई रोटरी क्लबले मातृत्व मात्र प्रदान गर्ने नभई क्लबलाई छोरा सरह माया गर्दै समाजमा रहेर विभिन्न सामाजिक तथा मानवीय कल्याणका काममा सँग सँगै लिएर हिड्न आग्रह गरे ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको मातृत्वमा स्थापित रोट्रयाक क्लब अफ तिलोत्तमा रुपन्देहीका रोटरी वर्ष २०१७/१८ का अध्यक्ष क्षत्री यही जुलाई १ मा रोट्रयाक डिष्टिकको डिआरआरको रुपमा कार्यकाल सम्हालेका छन् ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको स्पोन्सर रोटरी क्लब अफ वालिङ्ग, रोट्रयाक क्लब अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक क्लब अफ तिलोत्तमा देवदह, रोट्रयाक क्लब अफ तिलोत्तमा सुद्दोधन र इन्ट्रयाक क्लब अफ तिलोत्तमा रामपुर रीवाइवल स्थापित छन् ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष बिष्णु प्रसाद चापागाई, प्रेसिडेन्ट इलेक्ट दिपक भट्टराई, देवीलाल भट्टराई, निराजन पोख्रेल लगायतले बोलेका थिए । क्लबका सचिव अर्जुन प्रसाद आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ५ : १९ बजे

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक