६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रदेश ५ मा सामाजिक विकास मन्त्रालयका उच्च अधिकारीलाई कोरोना पुष्टि, मन्त्रालयमा प्रवेश निषेध



बुटवल । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका १० औ तहका एक अधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।

मन्त्रालयका ती अधिकारीको पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भए पछि मन्त्रालयमा आवतजावत बन्द गरिएको हो । उनी कोरोना बिरुद्धको सरकारको अभियानमा संकिय सहभागिता हुने क्रममा संक्रमित हुन पुगेको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

शुक्रबार बिहान ती अधिकारीमा कोरोना पुष्टि भए लगत्तै मन्त्रालयको मुल गेट बन्द गरि उनका सम्पर्कमा आएका सबैको स्वाव संकलन गरिएको थियो ।

उनको सम्पर्कमा आएका प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गिरीको पीसीआर रिपोर्ट नेगेटिभ आएको निर्देशक गिरीले जानकारी दिए । अन्यको स्वाव संकलन गरि पीसीआर परीक्षण भईरहेको उनले बताए ।

डा. गिरीका अनुसार मन्त्रालयका उच्च अधिकारीलाई कोरोना पुष्टि भएपनि मन्त्रालयबाट हुने काम भने रोकिएको छैन । मन्त्रालयको मुल गेटबाट कसैलाई प्रवेश गर्न दिईएको छैन । सबै काम फोन, अनलाईन र मोबाईलबाट गरिएको छ ।

‘प्रत्यक्ष जनसम्पर्कको काम निर्देशनालयबाटै हुने भएकाले सर्वसाधारणलाई मन्त्रालय जान आवश्यक छैन’,  निर्देशक गिरीले भने ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : १७ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन