२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले गरे दाबी पेस



बुटवल । नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । आचार्यले सोमबार दिउँसो प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज सोमबार साँझ साढे ६ बजे सम्मको समय सीमा दिएर आह्वान गरेका थिए ।

केन्द्रीय सहमति अनुसार नेपाली कांग्रेस र एमालेका गरी ५६ सांसदको हस्ताक्षरसहित आचार्यले दाबी पेस गरेका छन् । ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा ४४ जनाको बहुमत पुग्छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ४ : ०९ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति