१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

साढे ५ लाख पर्यटकले भ्रमण गरे बुटवलको मणिमुकुन्द सेन उद्यान(फूलवारी)



बुटवल । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा एक वर्षको अवधिमा साढे ५ लाख पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख ४९ हजार ३९४ पर्यटकले टिकट काटेर फूलबारी दर्शन गरेका हुन् । फूलवारीमा आएका पर्यटक मध्ये १० प्रतिशत भारतीय पर्यटनहरु छन् ।

फूलवारी उद्यान संचालक समितिले आज पत्रकार सम्मेलन गरेर गत आर्थिक वर्षमा फूलबारीले ३ करोड ७३ लाख ६१ हजार ८७४ रुपैयाँ आम्दानी गरेको जानकारी दिएको छ । उद्यानका महासचिव युवराज घिमिरेले फूलबारीलाई बुटिक पार्कका रुपमा विकास गर्ने योजना अघि सारिएको बताए । ‘यसलाई अझै व्यवस्थित र पूर्वाधार थपेर जियोलोजिकल रिसर्च सेन्टरको रुपमा विकास गर्ने योजना छ,’ घिमिरेले भने, ‘पार्क हस्पिटालिटीको रुपमा विकास गर्दै फूलबारीलाई आगामी १५ वर्षमा बुटिक पार्कको रुपमा विकास हुनेछ ।’ उनका अनुसार दरबार संग्रहालय निर्माणको सुरुआत, नमुना मणिमुकुन्द सेन दरबार एवं संग्रहालय निर्माणको लागि सरकारसँग आवश्यक समन्व्य जारी राख्ने दीर्घकालीन योजना अघि सारिएको छ ।

उद्यानका अध्यक्ष माधव नेपालले पौडी पोखरी, सूचना केन्द्र विभिन्न सौन्दर्यकरणको योजना अघि सारिएको बताए । संघका पूर्वअध्यक्ष खेमप्रसाद लुइँटेलले अझै परिस्कृत गर्न सकेमा फूलबारीलाई विकास गर्न सकिने बताए ।

बुटवलमा दुई वटा पर्यटकीयक पूर्वाधार केवलकारहरु थपिएका छन् । एनिमल कर्नर विस्तार गर्ने र थप जनावर पनि थप गर्ने फूलबारीको योजना रहेको समितिले जानकारी दिएको छ । केबलकार चढ्न आउने पर्यटकलाई फूलबारी ल्याउन सकेमा अझै बुटवल गुन्जार हुन सक्ने अध्यक्ष नेपालले बताए । उनले फुलबारीको काखैमा रहेको जितगढी किल्लासँग पनि उद्यानलाई जोडेर विकास गर्न आवश्यक रहेको बताए ।

पाल्पाली सेन वंशीय राजा मणिमुकुन्द सेनको नामसँग जोडिएको यस पार्क पिकनिक, विवाह, भेटघाट र अन्य ऐतिहासिक सम्पदाहरु अवलोकन गर्ने थलो बनेको छ । पछिल्लो समय पिकनिक र विवाह जस्ता कार्यक्रम भने कम हुँदै गएका छन् । गएको वर्ष फूलबारीमा शिवालय मन्दिर निर्माण, भुइँमा ढुंगा लगाउने काम तथा गेट निर्माण, २७ हजार ५०० फूट दुवो रोपण, स्काई साइकल नजिक टायल, ट्रस्ट र काउन्टर निर्माण, बँदेल तथा अष्ट्रिचको खोर निर्माण, कुँडुले घर निर्माणलगायतका विभिन्न कामहरु भएको सचिव घिमिरेले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ७ : ३२ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध