१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अनुसन्धानका सूचक कुट्ने क्यासिनो संचालक पक्राउ, बरामद भएको भनिएको १८ लाख हरायो !



नेपालगन्ज । अनुसन्धान बिभागका सूचक कुट्ने क्यासिनो संचालकलाई बाँके प्रहरीले पक्राउ गरेको छ । स्रोत नखुलेको रकम बरामद गर्ने क्रममा कुटिएका भनिएका अनुसन्धान बिभागका सूचक कुटेको अभियोगमा ‘ब्लु गेमिङ क्लब’ (क्यासिनो) का महाप्रबन्धक अर्जुन खनाललाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान नेपाल–भारत सिमानाका जमुनाहास्थित चेकपोष्ट नजिकै श्रोत नखुलेको रकम बरामद गर्ने क्रममा राष्ट्रिय अनुसन्धान विभागका सूचक अर्जुन खड्कामाथी आक्रमण भएको थियो ।

अनुसन्धान विभागका सूचक खड्काले स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद गर्दा नेपालगन्ज-४ स्थित कलपत्रु होटलमा सञ्चालित ‘एसएन ब्लु गेमिङ क्लब’ (क्यासिनो)का महाप्रबन्धक अर्जुन खनालको समुहले आक्रमण गरेको बताइएको छ । घाइते अवस्थामा खड्का फेला परेपनि बरामद भएको भनिएको १८ लाखको भने कतैबाट पुष्टी हुन सकेको छैन । खड्काको शरिरका विभिन्न भागमा चोट लागेको छ । खड्कामाथी खनालको समुहले बोत्तल र फलामको कुर्सी प्रहार गरेको बताइएको छ ।

आक्रमणमा संलग्न महाप्रबन्धक खनाललाई सिसीटिभी फुटेजका आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख (एसपी) तुलबहादुर कार्कीले नुुवाकोट घर भई नेपालगन्जस्थित क्यासिनो सञ्चालन गर्ने अर्जुन खनाललाई पक्राउ गरिएको बताए । खनाल सहितको समुहले सुरक्षाकर्मीमाथी आक्रमण गरेको बुझिएको र सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

बरामद गरिएको रकमका बिषयमा भने आफुहरुलाई जानकारी नभएको उनले बताए । घाइते खड्काले सूचना संकलन जाँदा कुटिएको प्रहरी समक्ष बयान दिएको बताइएको छ ।

अनुसन्धानका सूचकलाई सूचना संकलन गर्ने जिम्मेवारी रहेपनि बरामद गर्ने र कारवाही गर्ने अधिकार कानुनले नदिएको प्रहरीको भनाई छ । घटनामा अन्य ४र५ जनाको संलग्नता रहेको र उनीहरुको खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ६ : १८ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’