२३ बैशाख २०८३, बुधबार | May 7, 2026

लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव यूनेस्को वर्ल्ड हेरिटेज कमिटीबाट अस्वीकृत



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने युनेस्कोको प्रस्ताव यूनेस्को वल्र्ड हेरिटेज कमिटीको बैठकले अस्विकृत गरेको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४६ औं सेसनले लुम्बिनीलाई खतराको सूचीमा राख्ने युनेस्कोको प्रस्ताव अस्वीकृत गरेको हो । विहिबार भएको मस्यौदा माथिको छलफलमा लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो ।

वल्र्ड हेरिटेज कमिटिका २१ देश मध्ये भारत सहित १९ देशका प्रतिनिधिले बुद्धजन्मस्थल लुम्बिनी विश्वकै अनुपम महत्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै खतराको सूचीमा नराख्ने पक्षमा उभिएपछि प्रस्ताव अस्वीकृत भएको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार बैठकमा लुम्बिनीलाई खतराको सूचीमा रहेको मस्यौदा माथि भारतले संशोधन प्रस्ताव राखेको र संशोधन प्रस्तावको पक्षमा २१ मध्ये १९ राष्ट्रहरु उभिएपछि प्रस्ताव अस्वीकृत भएको हो ।

यूनेस्को वर्ल्ड हेरिटेज कमिटिको ४६ औं सेसनमा सहभागी हुन नेपालको तर्फबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, मन्त्रालयको तर्फबाट सचिव डा.गणेशप्रसाद पाण्डेय सहितको टोली नयाँ दिल्लीमा छन् ।

युनेस्कोले विगतदेखि नै लुम्बिनीमा सम्पदा संरक्षण विपरीतका गतिविधि र पूर्वारधार निर्माण भएको भन्दै खतराको सूचीमा राख्ने भन्दै २००२ देखी चेतावनी दिदैं आएको छ । सो सम्बन्धमा युनेस्कोले २०२२ मा पत्रनै पठाएर सचेत लुम्बिनी विकास कोषलाई गराएको थियो । विश्व सम्पदा समितिको सचिवालयले लुम्बिनीलाई खतराको सूचीमा राख्ने मस्यौदा तयार गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोषका अधिकारीहरुले कूटनीतिक पहल गरेका थिए ।

लुम्बिनीलाई खतराको सूचीमा नराख्न कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको नेतृत्वमा मन्त्रालयका सचिव पाण्डेय, फ्रान्सका लागि नेपाली राजदूत सुधिर भट्टराई लगायतको कूटनीतिक पहलबाट खतराको सुचीमा नराख्ने निर्णय गराउन सफल भएको बताइएको छ । उपाध्यक्ष डा. लामाले नेपाल स्थित विभिन्न देशका राजदुतसँग सम्पर्क गरि खतराको सूचीको बिपक्षमा पहल गरिदिन आग्रह गरेका थिए । उनले नयाँ दिल्लीमा जारी बैठकमा समेत लुम्बिनीलाई खतराको सूचीमा नराख्न कूटनीतिक रुपमा पहल गरेका थिए ।

यूनेस्कोले सम्पदास्थलमा मापदण्ड ५ हजार क्षमताको ध्यानकेन्द्र निर्माण, मायादेवी मन्दिर जीर्ण हुँदा पानी चुहिनेबारे दुई वटा विषय गम्भीर रुपमा समिक्षा भएको थियो । बैठकले आगामी दिनमा सुधार गरेर लैजान निर्देशन समेत गरेको छ । २१ जुलाईदेखि ३१ सम्म चलेको विश्व सम्पदा कमिटिको बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डिराज भट्टराई, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव डा. गणेश पाण्डेय, कोषका सदस्य सचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती सहभागी रहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : ०८ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा