६ पुस २०८२, आइतबार | December 21, 2025

पेरिस ओलम्पिकको उद्घाटन आज



काठमाडौं । ग्रीष्मकालीन ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन आज हुँदैछ । स्थानीय समयअनुसार साँझ साढे सात बजे अर्थात् नेपाली समयअनुसार राति ११ बजेपछि उद्घाटन समारोहमा हुँदैछ ।

पेरिस ओलम्पिकमा फुटबल, रग्बीलगायतका खेल सुरु भइसकेका छन् । औपचारिक उद्घाटन भने आज हुन लागेको हो । ओलम्पिकको इतिहासमै पहिलो पटक उद्घाटन समारोह रंगशालाबाहिर खुला स्थानमा गरिंदै छ ।

यस ओलम्पिकमा रिफ्युजी ओलम्पिक टिमसहित २०६ देशले भाग लिइरहेका छन् ।  ३२ खेलका ३२९ इभेन्टमा २०६ देशका १० हजार ७१४ खेलाडीले यस ओलम्पिकमा भाग लिइरहेका छन् ।

यस ओलम्पिकमा विजेतालाई दिइने गोल्ड मेडल४५५ देखि ५२९ ग्रामको रहेको बताइएको छ ।  गोल्ड मेडलमा ९८.५ प्रतिशत चाँदी र १.१३ प्रतिशत सुन मिलाएर बनाइएको छ ।

त्यस्तै यस ओलम्पिकमा विश्वभरबाट ४५ हजार स्वयंसेवकलाई भर्ना गरिएको छ । पेरिस ओलम्पिक ११ अगस्तमा सकिने छ ।

यो पटकको ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीले प्रतिनिधित्व गर्नेछन् । मार्चपासमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झन्डा बोक्नेछन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ११ : ०० बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र