२७ भदौ २०८३, शनिबार | September 12, 2026

मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा ईक्यान रुपन्देही विजयी



बुटवल । शनिबार बुटवलमा सम्पन्न मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा ईक्यान रुपन्देही विजयी भएको छ । खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ ईक्यान रुपन्देहीले आयोजना गरेको मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा पत्रकारको टिमलाई ७ रनले पराजित गर्दै ईक्यान रुपन्देही विजयी भएको हो ।

नहरपुर मावि खेलमैदानमा भएको प्रतियोगितामा एक समारोहका बिच खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, ईक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डे, ईक्यान रुपन्देहीका संस्थापक अध्यक्ष देव बहादुर कुवर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, नेपाल पत्रकार महासंघका सल्लाहकार दिनेश पाण्डे, रुपन्देही जिल्ला लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, संयोजक निशानबाबु कार्कीले विजयी, उपविजयी टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका छन ।

टस हारेर ब्याटिङ गर्न मैदान छिरेको ईक्यानको टिमले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १६० रनको लक्ष्य खडा गरेको छ । ईक्यानका विश्व गौतमले ४२ रन जोडे । यसैगरि दिनेश पौडेलले ४० रनको योगदान दिए । पत्रकारको टिमका प्रकाश पाण्डे र सुमन श्रेष्ठले समान २-२ विकेट लिए ।

मध्यम लक्ष्य पछ्याएको पत्रकारको टिम राम्रो शुरुवात गर्न सकेन । ओपनर पाल बहादुर सोमई ८ तथा रतन कंडल १ रनमै आउट भए । मध्यम क्रममा आएका डिबि सुस्लिङले सम्हालिदै १७ रन बनाए । पत्रकारको टिमबाट कृष्ण भण्डरीले खेलमा पहिलो अर्धसतक पुरा गरे । उनले रोहित चौधरीसंग राम्रो साझेदारी गर्दै एक्लै ७२ रनको महत्वपूर्ण पारी खेलेपनि टिमलाई जित दिलाउनबाट चुके । खेलमा ईक्यानका विश्व गौतम, उपेन्द्र यादव र गोबिन्दराज अधिकारीले समान २-२ विकेट लिए । खेलमा ईक्यानका विश्व गौतम उत्कृष्ट खेलाडी घोषित भए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ३९ बजे

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा